Nic Ad Nic Ad
Nic Ad Nic Ad

रियल म्याड्रिड दोस्रो स्थानमा, बार्सिलोनाको झन् खराब प्रदर्शन

सोमबार, पुस ८, २०८१

रियल म्याड्रिडले सेभियालाई ४-२ ले पराजित गर्दै ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । अब म्याड्रिडको ४० अंक छ, जुन शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा मात्र एक अंकले कम छ ।

यो खेलमा किलियन एम्बाप्पेले पहिलो गोल गर्दै एक असिस्ट पनि दिए । फेडेरिको भाल्भेर्डे, रोड्रिगो, र ब्राहिम डियाजले पनि गोल गरेका थिए । सेभियाका लागि इसाक रोमेरो र डोडी लुकेबाकियोले गोल गरेका थिए ।

यो जितले बार्सिलोनालाई झन् दबाबमा पारेको छ । बार्सिलोना अहिले ३८ अंकसहित तेस्रो स्थानमा छ । उसले आफ्नो पछिल्लो खेलमा एट्लेटिको म्याड्रिडसँग १-२ को पराजय बेहोरेको छ । योसँगै लिगमा पहिलो र दोस्रो रहेकोव टिम भन्दा १ खेल बढि खेले पनि अंक तालिकामा तेस्रो भए पछि बार्सिलोना झन् दबाबमा पुगेको छ ।

अंक तालिकामा रियल म्याड्रिडलाई शीर्ष स्थानको होडमा बलियो बनाएको छ, भने बार्सिलोनाका लागि स्थिति थप चुनौतीपूर्ण बनेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०४:२०
प्रतिक्रिया दिनुहोस्