Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेलगायतसँग आजदेखि अदालतमा बयान

सोमबार, पुस ८, २०८१

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलगायतविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आज (सोमबार) देखि बयान हुने भएको छ । कास्की जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेले पोखराको सूर्यदर्शन सहकारी प्रकरणका रविसहितका अभियुक्तहरूसँग अदालतले आजदेखि बयान लिन थाल्ने जानकारी दिइन् ।

अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेञ्च तय हुनेछ । बेञ्चले सुनुवाइ सकिएपछि लामिछानेलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने, पूर्व डीआईजी छविलाल जोशीसहित ४४ जनालाई आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार