Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल प्रहरीः २ एआईजी बढुवापछि डीआईजीमा बढुवा हुने, कति खाली हुनेछन् सिटहरू?

सोमबार, पुस ८, २०८१

काठमाडौं– पुस १३ र १५ गते राती क्रमश प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)हरू भरत बोहोरा र किरण बज्राचार्य सेवा निवृत्त भएपछि दुई सीट खाली हुने भएका छन्। 

ति स्थानमा थप दुई एआईजी बढुवाको तयारी  गृह मन्त्रालयले गरेको छ। बढुवा सिफारिस समितिले एआईजीमा बढुवाका लागि तयारी गरेको छ। 

त्यसका खास दुई दाबेदारको चर्चा पनि चलेको छ। प्रहरी नायव महानिरिक्षक (डीआईजी)हरू कुबेर कडायत र जनक भट्टराई एआईजीमा बढुवा हुन सक्ने सम्भावित पात्र रहेको बताइन्छ। 

उच्च स्रोतहरूका अनुसार उनीहरूको नाम सिफारिस हुन सक्नेछ। दुई जना डीआईजी एआईजीमा बढुवा भएपछि केही सीट खाली हुनेछन्। 

हाल तीन डीआईजीका खाली सीटमा दुई थपिएपछि ५ जना पुग्नेछन्। र, लगत्तै ५ डीआईजी बढुवाको तयारी पनि हुनेछ। 

उच्च स्रोतले भन्यो,‘त्यसपछि लगातार बढुवामा अहिले देखिएको जाम खुल्नेछ। डीआईजीपछि प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा बढुवा खुल्नेछ।’

त्यसलगत्तै प्रहरी उपरिक्षक (एसपी) मा २० भन्दा ज्यादा र प्रहरी नायव महानिरिक्षक (डीएसपी)मा ६० बढीको बढुवा हुने बताइएको छ।
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्