रविको सांसद पद निलम्बन गर्ने बेला सभामुखको कार्यकक्षमा किन पुगे रास्वपका सोबिता र गणेश?
काठमाडौं– जिल्ला प्रहरी कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेलाई मुद्दा दर्ता भएको पत्र संसद सचिवालयमा पठाएपछि सांसद पद निलम्बनको तयारीमा जुटेका छन्, सभामुख देवराज घिमिरे।
घिमिरेले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरी कानुनी र दफाको विषयमा परामर्श गरेको उच्च स्रोतले जनाएको छ। घिमिरेले सम्पत्ति शुद्धिकरणको मुद्दा समेत दर्ता भएपछि त्यसको किनारा नलागेसम्म सांसद पद निलम्बन भएको जानकारी सूचनामार्फत दिने तयारी गरेको बताइन्छ।
तर, यहि बेला रास्वपा सांसद सोबिता गौतम र गणेश पराजुली सभामुखलाई भेट्न उनको कार्यकक्ष पुगेका छन्। उनीहरूले अहिले सांसद पद निलम्बन नगर्नका लागि आग्रह लिएको बताइन्छ। यद्यपि यस विषयमा स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन।
सम्पत्ति शुद्धिकरणको मुद्दा दर्ता भएसँगै लामिछानेको सांसद पद स्वतः निलम्बनमा परिसकेको छ। यद्यपि यसको औपचारिकता भने बाँकी रहेको बताइन्छ।