एनपीएलको फाइनल सकिएपछि मैदानबाहिर युवा कुट्ने दुई जना पक्राउ, अभद्र व्यवाहारको मुद्दा
काठमाडौं- एनपीएल क्रिकेटको फाइनल खेलपछि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका-२ घर भई कीर्तिपुर बस्ने २१ वर्षिय अशोक साउद र सोही जिल्लाकै दिपायल सिलगढी नगरपालिका-१ का १९ वर्षिय गणेश साउद छन् ।
त्रिभुवन विश्वविद्यालयको गेट नजिकै एउटा समूहले सर्लाहीको बलरा घर भएका अमनकुमार सिंहलाई कुटपिट गरेका थिए । सो कुटपिटमा संलग्न रहेको आरोप उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुमाथि अपमानजनक शब्द प्रयोग गरेको र साम्प्रदायिक सद्भभाव बिगार्न खोजेको आरोप छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १३:२४
प्रतिक्रिया दिनुहोस्