Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाटन संग्रहालयमा 'कल्चरल कार्निभल २०२४' सम्पन्न

सोमबार, पुस ८, २०८१

काठमाडौं- रोटरी क्लब अफ पाटन हेरीटेज, रोटर्याक्ट क्लब अफ पाटन हेरीटेज, रोटर्याक्ट क्लब अफ काठमाडौं मिड-टाउन, रोटर्याक्ट क्लब अफ लिबर्टी कलेज, र रोटर्याक्ट क्लब अफ दरबारमार्गको संयुक्त आयोजनामा पाटन संग्रहालयमा कल्चरल कार्निभल २०२४ सम्पन्न भएको छ।

0c78ed69-1eae-40f0-9f72-03ec71db7806-1734946628.jpg
नेपालका विभिन्न जातजातिका कला, भेषभूषा, संस्कृति, र परम्परालाई नयाँ पुस्तासम्म पुर्‍याउन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमबाट संकलित रकम ग्रामीण क्षेत्रका महिला र बालबालिकालाई प्रविधिमा प्रोत्साहित गर्ने परियोजना प्रोजेक्ट छोरीमा खर्च गरिने जनाइएको छ।

कार्यक्रमको आरम्भ प्रश्नचिन्ह ब्यान्ड को सांगीतिक प्रस्तुतिबाट गरिएको थियो। त्यसपछि कथक नृत्य, कल्चरल र्‍याम्प वाक, र नेपालका विभिन्न जातजातिका परम्परागत नृत्यहरू, जस्तै मगर, तामाङ, राई, थारु लगायतका प्रस्तुति देखाइएका थिए।

4c1ce323-85d3-4996-8d6f-a8bc46582827-1734946622.jpg
कार्यक्रमको विशेष आकर्षण ूताशी स्योल्पाू नृत्य रह्यो, जसको सुरुवात सन् १६४५ मा ग्रेट फिफ्थ दलाइ लामाद्वारा गरिएको थियो।

8b73d294-1650-4c1d-bf43-e6c0235c8184-1734946622.jpg

कार्यक्रममा नेपाली चलचित्र कार्सांगूका अभिनेत्री दिया मास्के र सिर्जना निङ्लेकु विशेष अतिथिका रूपमा सहभागी थिए। ३०० भन्दा बढी दर्शकहरूले सांस्कृतिक प्रस्तुति र कार्यक्रममा सहभागी जनाए।

dae5f356-430c-4c0a-a0cb-a290b79d525f-1734946623.jpg
रोटरी क्लब अफ पाटन हेरीटेज र रोटर्याक्ट क्लब अफ पाटन हेरीटेजले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्दै सांस्कृतिक संरक्षण र सामाजिक सेवामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रम र प्रोजेक्ट छोरीका गतिविधिहरू क्लबका सामाजिक सञ्जालहरूमा अद्यावधिक गरिने जनाइएको छ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्