चन्द्रागिरिका वडाध्यक्ष सहकारी ठगी आरोपमा पक्राउ
काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् ।
महर्जनलाई बबरमहलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १६:०५
प्रतिक्रिया दिनुहोस्