Nic Ad Nic Ad
Nic Ad Nic Ad

भैंसेपाटी ‘हनी ट्रयाप’ प्रकरण : निलम्बित इन्सपेक्टर शाहीलाई धरौटीमा रिहा गर्न आदेश

सोमबार, पुस ८, २०८१

काठमाडौं - युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर बिनुकुमारी शाहीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ । ललितपुर जिल्ला अदालतले सोमबार शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

फरार रहेकी शाही (हिजो) आइतबार उनी जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका प्रवक्ता राम सजिवन महतोले जानकारी दिए ।

यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो।

हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए। सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १९:०८
प्रतिक्रिया दिनुहोस्