काठमाडौँ महानगरद्वारा १६ औँ अधिवेशन आह्वान
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले नगर सभा राख्ने भएको छ । महानगरको सोमबार बसेको कार्यपालिका बैठकले १४ पुसमा नगर सभाको १६ औँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो ।
नगर सभा बजेट संशोधनको लागि बोलाइएको महानगर स्रोतले जनाएको छ । नगर सभामा केही ऐन संशोधन, नयाँ ऐन पारित गर्ने विषय रहेको बुझिएको छ । प्रज्ञा भवनको सिद्धिचरण कक्षमा १४ गते दिउँसो १ बजे बस्ने गरी नगर सभा आह्वान भएको हो ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्