नेभिगेशन
समाज विविध

वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

घोराही– दाङको लमहीका स्थानीयवासी रहेका प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

लमही नगरपालिका वडा नम्बर ७ का २६ वर्षीय चौधरीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो। 

चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए। वडा प्रहरी कार्यालयलले काममा खटाएका चौधरीको लमही वडा नम्बर ७ स्थित कर्णली खोलामा मोटरसाइकल दुर्घटनामा परेको थियो। 

सोमबार बेलुकी सवा आठ बजेतिर उनी दुर्घटनामा परेका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध