Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो

मंगलबार, पुस ९, २०८१

काठमाडौं - पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगीमा प्रकरणमा मुद्दा दायर भएका रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो ।

चार जनालाई अदालत उपस्थित गराइए पनि छविलाल जोशीको मात्रै बयान भइरहेको छ । छविको बयान सकिएपछि मात्रै अरूको सुरु हुनेछ ।


छविको बयान हुँदा अरुलाई जिल्ला अदालतमै राखिएको छ । सञ्चालक कृष्ण गुरूङलाई भने बिरामी परेका कारण अस्पताल लगिएको छ ।


न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि बयान सुरू भएको हो ।


उनीहरूविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्