Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालकोटमा बाबु छोरा हत्या प्रकरणः बेपत्ता भएका अर्का छोरा मिलनले डमबेलले हानेर मारेका हुन्?

मंगलबार, पुस ९, २०८१

काठमाडौं– हत्या गरिएका हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको हत्या बेपत्ता भएका अर्का छोरा मिलनले गरेको प्रारम्भिक आशंकामा प्रहरी पुगेको छ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन जारी राखेको छ भने मिलनको खोजीकार्य पनि गरिरहेको छ।

५६ वर्षीय कूलप्रसाद र उनका २२ वर्षीय प्रवीणको शव प्रहरीले ताला लगाएका दुई कोठाबाट निकालेको थियो। 

२५ वर्षीय जेठा छोरा मिलन बेपत्ता छन्। जबकि हत्या भएको राती मिलनले नै मासुभात पकाएर बाबु र भाईलाई खुवाएका थिए। एक कचौरा मासु चाख्न छिमेकीलाई पनि दिएको प्रहरीले पत्तो लगाइसकेको छ।

घटनास्थलबाट प्रहरीले जिम गर्ने डमबेल फेला पारेको छ। सोही डमबेलले हानेर हत्या गरेको प्रारम्भिक चरणको आशंका छन्। प्रहरी उच्च स्रोतले भन्यो,‘अहिले हामी आशंकको चरणमा छौं। मिलनलाई पक्राउ गरेपछि अन्य तथ्य खुल्नेछ।’

खाना खाएपछि मिलन बुबासँगै र भाइ प्रवीण अर्को कोठामा सुतेका थिए। ११ बजेसम्म सौहाद्रपूर्ण अवस्थामा उनीहरु बोलिरहेको अर्को कोठमा बस्नेहरुले प्रहरीलाई बताएका छन्।

हत्या गर्दा पनि आवाज नआउनेगरी भएको हुन सक्ने प्रहरी अनुमान छ। त्यसका लागि विभिन्न सेरिजलगायतका हेरेर अनुभव सँगालेको हुन सक्ने पनि बताइन्छ। किनभने, दुई वटा मात्र कोठा भाडामा लिएको र छिमेकमा अन्य पनि भाडामा बस्ने हुँदा आवाज आउँदा हत्या प्रयास थाहा हुने थियो। 

विहान उनीहरु मृत फेला पर्नुअघि नै मिलन स्कुटी लिएर निस्किएका थिए। स्कुटीका आधारमा गरिएको अनुसन्धानबाट पनि उनको पत्तो लागेको छैन।

‘मिलनको मोबाइल अफ हुनु र अहिलेसम्म कोठा नफर्किनु, ताला लगाइनुले उनैले हत्या गरेको शंकाको धेरै सुविधा दिन्छ’, प्रहरी स्रोतले भन्यो,‘उनी गाउँ पनि गएका छैनन्।’ आचार्य परिवार खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढीका बासिन्दा हुुन्। 
 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्