Nic Ad Nic Ad
Nic Ad Nic Ad

राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

मंगलबार, पुस ९, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राज्य व्यवस्था समितिबाट पनि निलम्बन गरिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको आज (मंगलबार) बसेको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।

सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि रवि लामिछाने हिजो मात्रै प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका थिए । निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ । लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । सोमबारबाट सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्