नेपाल भलिबल लिगको लोगो सार्वजनिक
काठमाडौं - भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले लोगो अनावरण गरेका थिए । यस्तै मन्त्री चाैधरी र केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे ।
केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप यचाईमा पुर्याउने लक्ष्यका साथ यचाईको उडान स्लोगान राखिएको बताए ।
एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने र सिंगल राउण्ड रोविनका आधारमा खेल हुने जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १८:३१
प्रतिक्रिया दिनुहोस्