Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु

मंगलबार, पुस ९, २०८१

तानसेन- पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले उच्च प्राथमिकतामा राखेको यो सुरुङमार्ग निर्माणले एक वर्षयता तीव्रता पाएको छ।

त्यहीक्रममा यो सुरुङमार्गका तीनवटै बाइपासको ब्रेकथ्रु भएको निर्माण आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार बाइपास सुरुङ ३ को गत भदौ २६ गते नै ब्रेक थ्रु भइसकेको थियो । त्यसपछि बाइपास सुरुङ १ को पनि गत असोज ४ गते ब्रेकथ्रु भएको थियो । मुख्य सुरुङसम्मको पहिलो बाइपास १ सय ५१ मिटर लामो छ भने तेस्रो १ सय ३० मिटर लामो छ ।

त्यसैगरी बाइपास सुरुङ २ को पनि यही पुस ७ गते ब्रेक थ्रु भएको हो । १६१ मिटर लामो यो बाइपास सुरुङ २ पनि ब्रेक थ्रु भएपछि आयोजना निर्माणमा संलग्नहरू उत्साहित भएका छन् । यो सुरुङमार्ग २०७९ फागुनदेखि नै निर्माण थालिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्