महिला यु-१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
चितवन - आगामी जनवरीमा मलेसियामा हुने महिला यु-१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन गएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुने बन्द प्रशिक्षणमा सहभागी हुने १८ जना खेलाडी सहितको टोली चितवन गएको हो ।
चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाका अनुसार यही बुधबारदेखि सुरु हुने बन्द प्रशिक्षणका लागि खेलाडी सहितको टोली चितवन जाने क्रम जारी छ ।
बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी हुने उनले जानकारी दिए । बन्द प्रशिक्षण पुस २२ गते सम्म चल्नेछ ।
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १९:५५
प्रतिक्रिया दिनुहोस्