Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा

मंगलबार, पुस ९, २०८१

काठमाडौं - काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ ।

यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्