Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीमाविद् श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड’

बुधबार, पुस १०, २०८१

काठमाडौं- बेलायतस्थित डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले नेपालका सीमाविद् वुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड–२०२४’ प्रदान गरेको छ ।

फोटोसहित केन्द्रको वेबसाइटमा उल्लेख गरिएको छ । श्रेष्ठले दक्षिण एसियाको पहाडी, विवादित भूभागमा रहेको सीमानाको व्याख्या र उजागर गर्न समर्पित जीवनचर्या निर्माण गर्दै सर्वेक्षणको आफ्नो पृष्ठभूमि प्रयोग गरेका छन् ।

सन् १९९२ मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले ‘बोर्डर म्यान अफ नेपाल’ को रूपमा दोस्रो जीवनचर्या सुरु गरे । सीमा व्यवस्थापन र सीमा क्षेत्र पुनःप्राप्तिका कानुनी मुद्दाहरूमा आफूलाई शिक्षित गरेपछि श्रेष्ठले सीमा अध्ययनमा व्यापक मुद्दाहरूप्रति आफ्नो सर्वेक्षण पृष्ठभूमि लागू गर्न, सीमाङ्कनमा विशेषज्ञ बन्न, ऐतिहासिक सन्धि र मानचित्रको जटिलता र समकालीन विवाद समाधानका लागि तिनीहरूको प्रभावबारे सरकारलाई सल्लाह दिन यस विषयमा १४ वटा पुस्तक प्रकाशित गरेका थिए ।

सीमानावालाले राष्ट्रको सीमा रक्षकको रूपमा काम गर्दछ । श्रेष्ठ सीमा रेखा, सीमास्तम्भ र सीमा चिन्हहरूमा आफ्नो आँखा पुर्‍याउने गर्छन् । उनले आफ्नो देशको राष्ट्रिय सीमाको सुरक्षाका लागि तीन दशकभन्दा बढी समयदेखि सीमा रक्षक, सीमा सूचनाकर्ता, सीमा संरक्षक, भौगोलिक सीमाप्रति दृष्टि पुर्‍याउने व्यक्तिका रूपमा विभिन्न गतिविधि र कर्तव्य निर्वाह गर्दै आएका छन् । त्यसैले उनलाई द बोर्डर म्यान अफ नेपाल भनिन्छ ।

पुरस्कार प्रदान गरिएको कुरा उजागर गर्दै आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले उल्लेख गरेका छन्, ‘बुद्धि नारायण श्रेष्ठले आफ्नो देशप्रति समर्पित गर्ने चाहनाका साथसाथै शान्ति र स्थिरता ल्याउनका लागि सीमा क्षेत्रमा आफूलाई समर्पित गर्न रोजेका छन्।् । उहाँले नेपाल र सीमा पारसीमा निर्माणमा महत्वपूर्ण योगदान दिएका छन् । हामी उहाँलाई माइलफस्की अवार्डले मान्यता दिन पाउँदा गर्व गर्दछौँ ।’

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । माइलफस्की अवार्ड प्रदान गर्न अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको सम्पत्तिबाट प्राप्त वसीयतबाट सम्भव भएको हो । जो आइब्रु प्रशिक्षण कार्यशालामा प्रशिक्षक रहेका थिए । पुरस्कारमा सात सय ४५ स्टर्लिङ पाउण्ड नगद राशि रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्