Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकामा क्रिसमसको रौनक

बुधबार, पुस १०, २०८१

काठमाडौँ- इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’ बुधबार नेपालमा पनि मनाइएको छ ।

काठमाडौँ उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् ।

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा पर्ने क्रिसमसमा अभिभावकले बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका छन् ।

बालबालिकालाई लक्षित गरी सपिङ मलहरू सजाइएका छन् । ललितपुरको लबी मलमा जहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन् । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् ।

नेपाल ख्रिष्टियन महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ ।

नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्