सुर्खेत बहुमुखी क्याम्पस र आन्दोलनरत विद्यार्थीबीच ३ बुँदे सहमति
वीरेन्द्रनगर- सुर्खेत बहुमुखी क्याम्पसमा विभिन्न माग राख्दै दुई दिनदेखि आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनबीच ३ बुँदे सहमति भएको छ ।
क्याम्पस प्रशासनले पुस्तकालय सेवा बिहान ६ बजेदेखि साँझ पाँच बजेसम्म सुचारु गर्ने, अपाङ्गमैत्री सहितको शौचालय निर्माण गर्ने र नियमित अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने सहमति भएको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका सुर्खेत जिल्ला इन्चार्ज आशिषकुमार रेग्मीले जानकारी दिए ।
उनले क्याम्पस प्रशासनसँग विद्यार्थीले लामो समयदेखि माग राख्दै आएका ११ बुँदा मध्ये ३ बुँदामा सहमति भए पनि बाँकी बुँदाका लागि विद्यार्थीका जायज मागहरूप्रति आफ्नो संगठनको निरन्तर ऐक्यबद्धता कायम रहने बताए ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १७:३१
प्रतिक्रिया दिनुहोस्