Nic Ad Nic Ad
Nic Ad Nic Ad

लङ्खुवा खोला साना जलविद्युत आयोजना निर्माण सकियो

बुधबार, पुस १०, २०८१

संखुवासभा- संखुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सकिएको छ।

सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो । सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरू गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए । विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनु पर्नेछ । आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स्थानीय बाह्रबीसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।

विसं २०७७ माघदेखि काम सुरु गरेको आयोजनाको निर्माण पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा टेस्टिङ तथा कमिसनिङ समेत सम्पन्न भइसकेको छ । उक्त आयोजना करिब रु एक अर्ब १० करोड लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २०:१५
प्रतिक्रिया दिनुहोस्