एमालेबाट निष्कासनपछि भिम रावल भने- ओलीको निरंकुश निर्णय
काठमाडौँ- नेकपा एमालेका पुर्वउपाध्यक्ष भीम रावलले आफूमाथि अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारीको संज्ञा दिएका छन्।
एमालेले साधारण सदस्यसमेतबाट निष्कासन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार पार्टी कार्यालय सानेपामा बसको पार्टी सचिवालय बैठकले रावललाई अनुशासनको कारबाही गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्ने निर्णय गरेको छ।
निर्णय लगत्तै रावलले अध्यक्ष ओलीको चाहनामा भएको निर्णयलाई तानाशाही, निरङ्कुश र स्वेच्छाचारितापूर्ण भएको टिप्पणी गरेका हुन्। उनले ओलीको यस्तो निर्णयबाट आफूलाई कुनै असर नगर्ने जनाएका छन्।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ २०:२५
प्रतिक्रिया दिनुहोस्