Nic Ad Nic Ad
Nic Ad Nic Ad

अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा

बुधबार, पुस १०, २०८१

सिरहा- सिरहाको गोलबजार नगरपालिका–१ स्थित गागन खोलाबाट गैरकानूनी ढङ्गबाट गिट्टी, बालुवा उत्खननमा प्रयोग गरिएका एक डोजर (जेसीबी) र एक टिप्पर वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

मङ्गलबार चोहर्वास्थित सवडिभिजन वन कार्यालयको गस्ती टोलीले प्रदेश ३–०१–००३ क ६९२७ नम्बरको डोजर र प्रदेश २–०३–००१ क १९४८ नम्बरको टिपर नियन्त्रणमा लिएको वन कार्यालयका प्रमुख आविद हुसेनले जानकारी दिए ।

डिभिजन वन कार्यालय, लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार विशेष सूचनाका आधारमा टोली खोलामा खटिएको थियो ।

उक्त टोलीले मात्रै उक्त गाडी नियन्त्रणमा लिन असम्भव भएपछि चोहर्वाबाट थप टोली बोलाइएको थियो । उत्खनन्मा संलग्न व्यक्तिहरु भने भाग्न सफल भएको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्