Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक महिनामा ३३ हजारले चढे धरहरा

बुधबार, पुस १०, २०८१

काठमाडौँ - शुल्क तोकेको एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन् । दैनिक औसतमा १२ सय हाराहारीले धरहरा चढ्ने गरेका छन् । सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन् ।

सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।

बुधबार भने धरहरा बन्द हुने गरेको छ । सुरुमा निःशुल्क खुला गरिएकोमा गत मंसिर ९ गतेबाट शुल्क तोकिएको हो ।

१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

तीन तला पार्किङको व्यवस्था गरिए पनि सञ्चालनमा आइनसकेकाले अहिले शुल्क उठाइएको छैन । बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र धरहरा चढ्न पाइने छ । ०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माणको काम अझै सकिएको छैन । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्