Nic Ad Nic Ad
Nic Ad Nic Ad

जग्गा विवादले चुलियो छाया सेन्टरको विवाद , भीएफएस ग्लोबल सर्ने तयारी

बिहीबार, पुस ११, २०८१

काठमाडौँ - जग्गाको विषयलाई लिएर निर्माणको सुरुवातदेखि नै विवादमा रहेको छाया सेन्टरमा मानव अधिकारको विषय जोडेर भीएफएसले सर्ने तयारी गरेको छ ।  

ठमेलमा रहेको विवादित छाया सेन्टरबाट भिसा फेसिलेटेसन सर्भिसेस (भीएफएस) ग्लोबल सर्ने भएको छ ।

अघिल्लो हप्ता भीएफएस ग्लोबले लिखित रूपमा छाया सेन्टरलाई भाडा सम्झौताको नवीकरण नगर्ने र सकेसम्म चाँडो स्थानान्तरण गर्ने जानकारी पठाएको थियो । छाया सेन्टरमा भीएफएसको संलग्नताविरुद्ध स्विट्जरल्यान्ड सरकार मातहको निकायमा उजुरी परेपछि भीएफएसले कार्यालयको भाडा करार सम्झौता नवीकरण नगर्ने र यथाशक्य छिट्टै कार्यालय स्थानान्तरण गर्ने जवाफ पठाएको थियो ।

भीएफएसले विवादमा आफ्नो कुनै भूमिका नरहेको र आफ्नो कार्यालय त्यहाँ हुँदा पीडितलाई अप्ठ्यारो पर्ने भन्दै सर्ने जवाफ दिएको छ ।  छाया सेन्टरको विषय संयुक्त राष्ट्रसंघमा यसअघि नै पुगेको थियो । राष्ट्रसंघले छाया सेन्टरको विषय अदालतमा विचाराधीन रहेकाले आफ्नो गम्भीर ध्यानाकर्षणमा रहेको जनाएको थियो ।

छाया सेन्टरमा स्थानीय समुदायको परम्परागत स्वामित्वमा रहेको जग्गालाई लिएर कानुनी र सांस्कृतिक विवाद चलिरहेको छ । उक्त विवाद अदालतमा विचाराधीन छ ।  सेन्टर बनाउनुअघि त्यहाँ सांस्कृतिक महत्वको पोखरी रहेको बताइएको छ । उक्त पोखरी गलत तरिकाले निजी स्वामित्वमा परिणत गरिएको भन्दै स्थानीय समुदायले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्