चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे
काठमाडौँ- चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए ।
पोखरामा शुक्रबारदेखि सुरु हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् ।
दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ ।
यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रो पटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।
सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लनेछ । पोखराबाट व्यवसायी, पत्रकारसहितको १ सय २० जना काठमाडौं ओर्लने र पोखरा विमानस्थलबारे पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय उडानका निम्ता सरकारलाई दबाब दिने कार्यक्रम छ ।