सहकारी ठगी प्रकरण : रविको बयान सुरु
कास्की- सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान सुरु भएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीमा बयान सुरु भएको हो ।
उनलाई बयानका लागि न्यायाधीशकोमा लगिएको छ । उनीसँग न्यायाधीश नितिज राईले बयान लिनेछन् । सोही मुद्दाकी प्रतिवादी लिला पछाईसँग भर्खरै बयान सकिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १४:२९
प्रतिक्रिया दिनुहोस्