Nic Ad Nic Ad
Nic Ad Nic Ad

अजरबैजानको विमान दुर्घटना : यस्तो छ बाँचेकाहरुले केबिनभित्र बनाएको भिडियो (भिडियोसहित)

बिहीबार, पुस ११, २०८१

काठमाडौं- बुधबार कजाकिस्तानमा अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा ३८ जनाको ज्यान गएको छ भने २९ जना यात्रु बाँच्न सफल भएका छन्।

दुर्घटनाबाट बाँचेकामध्ये एक यात्रुले विमानभित्रको दृश्य आफ्नो मोबाइलबाट रेकर्ड गरेका छन्। भिडियोमा विमानका सिटहरू पूर्ण रूपमा भाँचिएका, सामान छरिएका, र यात्रुहरू आफैंलाई घसीट्दै उद्धार गर्न संघर्ष गरिरहेका देखिन्छन्। घाइते यात्रुहरू मद्दतका लागि चिच्याइरहेका थिए।

घटनाको अर्को भिडियोमा विमानमा लागेको आगो निभाउँदै उद्धारकर्मीहरू देखिन्छन्। आगो निभेपछि केही यात्रु बदहवास अवस्थामा विमानबाट बाहिर निस्किरहेका थिए। उद्धारकर्मीहरूले विमानभित्र फसेका अन्य यात्रुहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकालेका थिए।

भिडियो

A surviving passenger from the Aktau plane crash manages to capture footage of inside the cabin pic.twitter.com/shIblEmV1d

 

यो दुर्घटना विमानको आपतकालीन अवतरणका क्रममा भएको हो। अवतरणका क्रममा विमानमा आगलागी भयो र यो दुई टुक्रामा विभाजित भयो। प्रारम्भिक जानकारीअनुसार, उडानका क्रममा विमानको टक्कर एक पक्षीसँग भएको थियो, जसका कारण विमानको इन्जिनले काम गर्न छोडेको थियो।

app-1735213125.png
अजरबैजान एयरलाइन्सको एम्ब्रेयर E190AR विमानले बाकु एयरपोर्टबाट स्थानीय समयअनुसार बिहान ६:२८ मा उडान भरेको थियो। विमानलाई रूसको चेचन्या स्थित ग्रोन्जी एयरपोर्टमा अवतरण गर्नुपर्ने थियो। तर उडानको केही समयपछि नै विमान अनियन्त्रित भई डगमगाएको देखिएको थियो।

Screenshot-2024-12-26-172240-1735213145.png
विमानमा ६७ जना सवार थिए, जसमा ३८ जनाको मृत्यु भएको छ भने बाँचेका २९ जनामध्ये केही गम्भीर घाइते भएका छन्। घटनास्थलमा यात्रुहरूको शव टाढा-टाढासम्म छरिएको देखिएको थियो।

 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार