शोभा पाठकलाई साधारण तारेखमा छाड्न अदालतको आदेश
काठमाडौं - शोभा पाठकलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
पाठकलाई बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
सामाजिक सञ्जालमार्फत आफ्नो बेइज्जत गरेको भन्दै राजकुमार त्रिपाठीले उनीविरुद्ध निवदेन दिएपछि पाठक १ पुसमा पक्राउ परेकी थिईन् ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध साइबर कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँसम्म जरिवाना र ५ वर्षसम्म कैदको माग गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १८:३७
प्रतिक्रिया दिनुहोस्