Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुशासन स्थापित गर्न दुई ठुला दल मिलेर सरकार बनाएका हौँ : आरजु राणा

बिहीबार, पुस ११, २०८१

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाएको बताएकी छन् ।

बिहीबार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले नागरिकका मुद्दाहरूमा काम गरिरहेको बताएकी हुन् । 

मन्त्री राणाले दुई ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरूबाट खुसी भएको उल्लेख गरिन् । उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गरिन् । 

मन्त्री राणाले देशमा आएका संकटहरुको समाधानका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको बताइन् । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पनि उल्लेख्य काम गरिरहेको बताइन् । जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताइन् । 

मन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने बताइन् । उनले देशको आवश्यकता हेरेर एक्सनमा जानुपर्ने बताइन् । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्