Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस् : प्रधानमन्त्री

बिहीबार, पुस ११, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोप-३० जाँदा भाषण सुनेर फर्किने नभई निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

बिहीवार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी सम्मेनहरुलमा जाँदा भाषण सुन्ने नभई निर्णय गराउन सक्ने गरी जानुपर्ने बताएका हुन्।

उनले सम्मेलनका दिइने ३ मिनेटलाई कति बेला आयो भन्ने कुराको जानकारी बिनै उत्कृष्ट रूपमा आफ्ना धारणा र एजेण्डाहरु प्रस्तुत गर्नुपर्ने बताए । उनले कोप ३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने बताए ।

सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्यूनीकरणका लागि ठोस नीति बनाउनुपर्ने बताए ।

उनले भने,‘ नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्नेछ । कसको जिम्मेवारी के ? कसले के गर्ने ? भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकूलनका लागि काम गर्नुपर्छ ।’ त्यसको लागि अहिलेदेखि नै कोप ३० को तयारीमा लाग्न निर्देशन दिए।

कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरूको प्रतिवेदन बनाउने र आफ्ना एजेण्डाहरु दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिए । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गरे ।

साथै उनले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले थपे,’ नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको छ ।’  अरूले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरूलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  २१:४९
प्रतिक्रिया दिनुहोस्