Nic Ad Nic Ad
Nic Ad Nic Ad

९२ बर्षमा निधन भएका भारतीय पूर्वप्रधानमन्त्री सिंहको नेपाल सम्बन्ध, गिरिजासँग कस्तो थियो सम्बन्ध?

शुक्रबार, पुस १२, २०८१

काठमाडौं– ९२ बर्षको उमेरमा निधन भएका भारतीय कांग्रेसका नेता तथा १० बर्षसम्म त्यहाँको प्रधानमन्त्री भई आर्थिक उदारिकरणमा नाम कमाएका डा. मनमोहन सिंहले नेपालसँगको राजनीतिक सम्बन्धमा ‘आइसब्रेक’ गराएका थिए। 

खासगरी माओवादी युद्धपछि भएको शान्ति प्रक्रियाका सहयोगी सिंहले तत्कालिन प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालालाई गरेको स्वागत र १२ बुँदे सम्झौता गराउनका लागि सहजीकरणको ब्यापक स्मरण हुने गरेको छ। 

१२ बुँदे शान्ति सम्झौतापछि नेपालको शान्ति प्रक्रियामा उनको सदासाहयता स्मरणीय रहेको बताइन्छ। यति मात्र नभएर नेपालको ७ दलीय संयुक्त सरकारका प्रधानमन्त्री रहेका कोइरालालाई ‘प्रोटोकल’ तोडेर भारत भ्रमणका क्रममा सिंहले स्वागत गरेको विश्वमा नै चचाृ भएको थियो। 

सन् २००४ देखि सन् २०१४ सम्म प्रधानमन्त्रीको रूपमा र त्यसअघि अर्थमन्त्रीमा रहँदा उनले भारतको आर्थिक स्थिति बलियो मात्र बनाएका थिएनन्, छिमेकीसँगको सम्बन्धलाई पनि प्रभावकारी राख्न सौम्य भूमिका निर्वाह गरेका थिए। 

बिहीवार स्वास्थ्य अवस्था बिग्रिएपछि सिंहलाई राजधानी दिल्लीको एक अस्पतालमा भर्ना गरिएको थियो।

जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने पहिलो भारतीय नेता थिए।

भारतको शीर्ष पद धारण गर्ने पहिलो सिखसमेत सिंह थिए। उनले सन् १९८४ मा झन्डै तीन हजारको सङ्ख्यामा सिखहरू मारिनेको घटनाप्रति संसद्मा सार्वजनिक रूपमा माफी मागेका थिए।

तर आफ्नो दोस्रो कार्यकाल सम्हाल्दा भने सरकारप्रति व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो।

नेपालको राजनीतिक मामलामा सिंहले धेरैवटा विषयमा सहजीकरण गरे। व्यापक रुपमा उग्र हुन लागेको मधेस आन्दोलनलाई शान्त बनाउनका लागि सिंहको पहलीकरणलाई कोइरालाले सम्झना गरेका थिए। 

उनले भनेका थिए,‘मधेस आन्दोलनका विषयमा सिधा हिन्दूस्तान अर्थात् सिंहसँग नै कुरा गर्नेछु।’
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्