Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनकपुरधाममा जनकपुर बोल्ट्सको विजयउत्सव

शुक्रबार, पुस १२, २०८१

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको च्याम्पियन टिम जनकपुर बोल्ट्सले जनकपुरधाममा आज विजयउत्सव जुलुस निकालेको छ ।

विजयी उत्सवका लागि जनकपुर बोल्टस्का खेलाडीहरू बिहीबार जनकपुरधाम आएका थिए । उनीहरूले आज जनकपुरधामस्थित रामजानकी रंगशालाबाट ट्रफीसहित विजयी जुलुस निकालेका हुन् ।

मधेसका मुख्यमन्त्री सतिश कुमार सिंहले शुभारम्भ गरेको विजयी जुलुस अहिले जानकी मन्दिर पुगेको छ । जुलुसमा ठूलो संख्यामा समर्थक सहभागी छन् । जानकी मन्दिरमा पूजापाठ पश्चात् जनकपुरधामको विभिन्न भागमा परिक्रमा गर्ने बताइएको छ ।

शनिवार महोत्तरी, सर्लाही र रौतहट, आइतबार बारा र पर्सा तथा सोमवार सिरहा र सप्तरी गरी मधेसका आठै जिल्लामा विजयी जुलुस निकाल्ने जनकपुर बोल्ट्सले जनाएको छ ।

गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि हात पारेको थियो । मधेसको प्रतिनिधित्व गरेका जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जितेपछि समर्थकहरू आठै जिल्लामा खुशीयाली मनाएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्