चन्द्र भण्डारीको प्रश्न- सम्पति शुद्धीकरण मुद्दामा अब को बाँकी रहन्छ ?
काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यसरी कोही पनि बाँकी नरहने भन्दै प्रश्न पनि गरेका छन् । नेता भण्डारीले लेखेका छन्, ‘सम्पति शुद्धीकरणको मुद्दा जिल्ला जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोशिस गर !!!’
उनले थप लेखेका छन्, ‘प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौं की ! सत्यलाई सत्य थाहा हुन्छ !’ नेता भण्डारीको यो बयान रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत जारी सुनुवाईबीच आएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ १४:५४
प्रतिक्रिया दिनुहोस्