Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाको सचिवालय बैठक जारी

शुक्रबार, पुस १२, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा अहिले बैठक जारी छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीति परिस्थिति, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समिति बैठकको तयारी लगायत विविध विषयमा छलफल चलिरहेको जनाएको छ ।

हाल पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल रहेका छन् । आजको बैठकले संसदीय दलको नेताबारे पनि निर्णय गर्न सक्ने जनाइएको छ ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि लामिछानेको इच्छाअनुसार यही पुस ८ गते बसेको रास्वपाको बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्