राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ६० जिल्लामा तदर्थ समिति गठन
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले ६० जिल्लामा भेला गरेर तदर्थ समिति गठन गरेको छ । २०८२ वैशाख अन्तिम साता प्रथम महाधिवेशन गर्ने कार्यतालिका अनुसार जिल्ला भेला भइरहेको रास्वपाले जनाएको छ ।
पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार १२ जिल्लामा भेलाका मिति तय गरिएको आयोगले जनाएको छ । हिमाली जिल्ला मध्ये पाँच स्थानमा भने जाडोको समयमा भेला सम्भव नभएकाले फागुनमा हुने बरालले जानकारी गराए ।
मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला र पूर्वी रुकुममा जाडो समय सकिएपछि भेला गरेर नयाँ समिति बन्ने बरालले जानकारी गराए । करिब चार सय वडामा भेला सकिएको निर्वाचन रास्वपाले जानकारी गराएको छ ।
पार्टी सभापति रवि लामिछानेको पक्राउका कारणले पूर्व निर्धारित कार्यतालिका प्रभावित भएको रास्वपाले जनाएको छ ।
सभापति हिरासतमा हुँदा डेढ महिना कार्यतालिकामा असर पुगेको बरालले बताए ।