कञ्चनपुरमा प्रहरीले आफैँमाथि गोली चलाए
कञ्चनपुर - जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली प्रहार गरेका छन् ।
न्यौपानेले शुक्रबार साँझ ७ बजेतिर जिप्रका भित्रै आफैँमाथि गोली हान्दा टाउकोमा गम्भीर चोट लागेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेशराज जोशीले बताए ।
घाइते न्यौपानेलाई उपचारका लागि महेन्द्रनगरमा रहेको महाकाली अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिर्फर गरिएको जोशीले बताए । ‘के कारणले आफैमाथि गोली चलाएका हुन, यस बारेमा अहिले कारण खुलेको छैन,’ जोशीले भने ।
अछाम घर भएका ३० वर्षीय प्रहरी जवान केही समयदेखि जिप्रका कञ्चनपुरमा कार्यरत थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१ २०:२८
प्रतिक्रिया दिनुहोस्