Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरमा लगानी १ खर्ब नाघ्ने

शुक्रबार, पुस १२, २०८१

काठमाडौं - तीव्र गतिमा आर्थिक विकाससँगै भारतमा डेटा सेन्टरको क्षेत्रमा पनि लगानी बढिरहेको छ । हाल विश्व बजारमा डेटा सेन्टरको क्षेत्रमा पनि भारतले विकास गरिरहेको छ ।

सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै हुने निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकामा आधारित वित्तीय सेवा प्रदायक संस्था कोल्डवेल बैंकर रिचर्ड एलिस ९सीबीआरई० ले जारी गरेको प्रतिवेदनमा सन् २०२७ सम्म भारतमा डेटा सेन्टरको क्षेत्रमा हुने लगानी १ खर्ब डलरभन्दा धेरै पुग्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अहिले महाराष्ट्र र तामिल नाडुजस्ता राज्यमा डेटा सेन्टरको व्यवसाय बढ्दै गएको छ । रणनीतिक पूर्वाधारका कारण मुम्बई, चेन्नइ, बेङ्गलुरु, दिल्लीजस्ता शहरमा डेटा सेन्टरको व्यवसाय फस्टाउँदै गएको जनाइएको छ ।


सन् २०१९ देखि सन् २०२४ सम्म भारतमा वैदेशिक र घरेलु लगानीकर्ताले ६० अर्ब डलर लगानी गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  २२:५२
प्रतिक्रिया दिनुहोस्