Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

शनिबार, पुस १३, २०८१

काठमाडौँ- सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।

 हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। वस्तीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो। उनको उपचारको क्रममा निधन भएको हो।

उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थायी न्यायाधीशबाटै अवकाश भएका थिए । उनी त्यसपश्चात् मानव अधिकार आयोगको सदस्य बनेका थिए।  वस्ती न्यायाधीश हुनु पूर्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कानुनी सल्लाहकार थिए।

 वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गरेका हुन्। उनले कानुनसँग सम्बन्धित विभिन्न पुस्तक लेखेका छन्।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्