स्थानीय स्रोत-साधनमा जोड दिन आवश्यक : मन्त्री भण्डारी
पाटन- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्थानीय स्रोत र साधनमा आधारित उद्यमशीलतामार्फत रोजगारी वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली उद्यम उत्पादनको बृहत् प्रदर्शनी तथा व्यापार मेला २०८१ को उद्घाटनका क्रममा उनले स्वदेशी उत्पादन बढाउने अभियान कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याए ।
‘नेपालको उत्पादन बढाउन राष्ट्रिय अभियानका साथ अगाडि बढ्नुपर्छ’, उनले भने।
उनले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि, २०८१ पारित भई राजपत्रमा प्रकाशनको तयारीमा रहेको जानकारी दिँदै राजपत्रमा प्रकाशनलगत्तै कार्यान्वयनमा आउने समेत बताए।
प्रकाशित मिति: शनिबार, पुस १३, २०८१ १६:१८
प्रतिक्रिया दिनुहोस्