Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एशिया बैंकद्वारा विद्यालयको पुस्तकालय भवन उद्घाटन

आइतबार, पुस १४, २०८१

काठमाडौ - एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको सियारी गाउँपालिका–४ स्थित श्री पब्लिक सेकेन्डरी स्कुलमा नयाँ पुस्तकालय भवनको उद्घाटन गरेको छ।

यस पुस्तकालयको निर्माण विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउन र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्न उद्देश्यले बैंकको सहयोगमा सम्पन्न भएको हो।

समारोहमा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, एनआईसी एशिया बैंक लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्की र अन्य विद्यालय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उक्त पुस्तकालय भवनले विद्यालयका झन्डै २,७०० विद्यार्थी र शिक्षकरशिक्षिकालाई प्रत्यक्ष लाभ पुर्याउनेछ।

यसअघि, बैंकले नेपालका विभिन्न स्थानहरूमा पुस्तकालय भवनहरूको निर्माण कार्य सम्पन्न गरिसकेको छ। यसै क्रममा मधेश, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका विभिन्न विद्यालयहरूमा पनि पुस्तकालय भवनहरूको निर्माण गरेर हस्तान्तरण गरिएको थियो।

एनआईसी एशिया बैंकले कुल २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गर्दै पुस्तकालय भवनहरू निर्माण गरेको हो। यस पहलमार्फत् ११ हजार भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष लाभ उठाउनेछन् र शैक्षिक स्तरमा सुधार ल्याउन ठूलो योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्