Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल विज्ञापन संघको २५ औं साधारण सभा सम्पन्न , विज्ञापन बजारलाई चलाएमान बनाउने निष्कर्ष

आइतबार, पुस १४, २०८१

काठमाण्डौं - नेपाल विज्ञापन संघको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार  काठमाडौँको ताहाचलस्थित होटल हायात प्लेसमा संघको २५ औं साधारण सभा सम्पन्न भएको हो। 

 नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघले  बिज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा विशेष कार्यक्रमसहित आफ्नो २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो। 

कार्यक्रमको  पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा-छुट्टै वार्षिक तथा आर्थिक तथा आगामी आर्थिक बर्षको कार्यक्रम र अनुमानित आय – व्यय बिबरणहरु बहुमतले पारित गरी नियमकिय प्रावधान पुरा गरेको थियो । त्यस पछि बिज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शिर्षकमा बृहत अन्तरक्रिया  कार्यक्रम  गरिएको थियो । 


सो क्रममा  भुषण दाहालको  समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ-आफ्नो क्षेत्रको धारणा राखेका थिए । 

बरिष्ठ विज्ञापन ब्यबसायि रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको बर्तमान अबस्थाको चित्रण गरेका थिए।

विज्ञापन ब्यबसायी तथा मिडियाहरु समय सापेक्ष रुपमा परिष्कृत हुनु पर्ने, बिज्ञापनदाताहरुले पनि बिज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनु पर्ने र बिज्ञापनले गर्दा मिडियाहरुलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरुले पनि बिज्ञापनदाता र लक्षित समुहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीति लगाएत बिज्ञापनलाई बन्देज गर्ने कानुनहरुलाई समेत पुनःबिचार गर्न सम्बद्ध सबै पक्षहरुले आ-आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निश्कर्ष र प्रतिबद्धताभएका थिए। 

कार्यक्रममा  बरिष्ठ सञ्चारकर्मीहरु यादब खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व.  पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका  घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अबस्थामा आई पुग्न उहाँहरुले आ-आफ्नो क्षेत्रबाट गर्नु भएको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको थियो। 

त्यसै गरी बर्षेनी एड फेष्टको अबसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगाएत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरु बिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई बिश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्