नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले मेयर बस्नेतमाथि नौं करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरण अन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गर्दै आज (आइतबार) मुद्दा दायर गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मोहन बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर भएको हो । अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो ।राजुप्रसादका पद्म कोलोनी प्राली र पद्म मर्चेन्ट प्रालिका सञ्चालक हुन् । दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो ।