संस्कृतिमा हामी धेरै धनी छौँ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङ समुदायको प्रमुख पर्व ‘तमु ल्होसार’को अवसरमा पर्व मनाउने सबैमा शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झलझली सम्झना आउँछ।’
प्रधानमन्त्री ओलीले संस्कृतिमा नेपाली धेरै धनी रहेको उल्लेख गर्दै सबैमा तमु ल्होसारको शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ ०९:०६
प्रतिक्रिया दिनुहोस्