सुरुङ खनेर कैदी भाग्नेदेखि बिचौलियाको चलखेलसम्म हुने झुमका कारागार किन विवादमा आउँछ?
इटहरी– सुनसरीको क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनेर फरार भएका कर्तब्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको थियो। इनरुवा नगरपालिका–१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको थियो। दुई पटकसम्म जेलबाट सुरुङ खनेर भाग्न सफल भएका यादव भारतमा लुकीछिपी बस्दै आएका थिए।
झुमका कारागारमा भएको यो नयाँ घटना थिएन। यसअघि नै सामूहिक रुपमा हत्यालगायतको कसुरमा जेलमा रहेका भारतीय नागरक धिरेन्द्र यादवसहितको समूह पनि सुरुङ खनेर भागेका थिए।
पूर्वी नेपालकै सबैभन्दा ठूलो कारागार रहेको यहाँ विचौलियासँगको आर्थिक चलखेलमा तीन कैदी बन्दीको सरुवा गरिएको भन्ने विवाद आएको थियो।
कारागार प्रशासनलाई समेत जानकारी नै नदिई अन्यत्र सारिएपछि कैदीबन्दीहरुले चर्को विरोध जनाएका विवरण सार्वजनिक भएका थिए।
तत्कालिन कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेब घिमिरे र विभिन्न अपराधिक घटनामा संलग्न रहेका इटहरी–२० तरहराका कमल तामाङको मिलेमतोमा झुम्का कारागारका कैदीबन्दीहरुको सरुवा गरिएको खबरहरू सार्वजनिक नभएका होइनन्।
घिमिरेले झुम्का कारागारलाई समेत जानकारी नै नदिई कारागारका प्यूठानका नेगन केसी, गुल्मीका प्रकास पौडेल र नवलपरासीका विनोद गुरुङको सरुवा गरेको भन्ने विवादमा तानिएका थिए।
केसी, पौडेल र गुरुङमध्ये दुई जना झुम्का कारागारको नियमले चौकीदार हुन लागेको अवस्थामा घिमिरे र बिचौलिया तामाङको सेटिङमा कैदीबन्दीको सरुवा गरी झुम्का कारागारमा समस्या उत्पन्न गराइएको कारागार प्रशासन स्रोतले जानकारी दिएको छ।
झुम्का कारागारमा चौकीदार नियुक्तिमा आर्थिक चलखेल गरी रकम कुम्ल्याउने उद्देश्यले पुराना कैदीबन्दीलाई अन्यन्त्र सरुवा गरिँदै आएको बताइन्छ।
कारागार व्यवस्थापन विभागले आफू खुसि झुम्का कारागारका कैदीबन्दीको सरुवा गरेपछि एक ब्लकमा कैदीबन्दीहरुले नाराबाजी गर्दै घिमिरेको अवैध कामको विरोध गरेका थिए।
झुमका कारागार २०१८ सालमा स्थापना गरिएको हो। यो नेपालको कानूनी व्यवस्थापन प्रणालीअन्तर्गत विभिन्न मुद्दामा संलग्न व्यक्तिहरूलाई थुनामा राख्नका लागि निर्माण गरिएको थियो। यो कारागार पूर्वका विभिन्न जिल्लाहरूबाट ल्याइएका कैदीहरूको व्यवस्थापनका लागि स्थापित गरिएको हो।
झुमका कारागार इटहरी उपमहानरपालिकाबाट झण्डै ७ किलोमिटर दक्षिणतर्फ अवस्थित छ। यो मुख्य राजमार्गसँग नजिकै रहेकाले यातायातका दृष्टिले सजिलो मानिन्छ। कारागार आसपास हरियाली वातावरण रहेको छ, जसले गर्दा यो क्षेत्र प्राकृतिक रूपमा पनि आकर्षक देखिन्छ।
झुमका कारागारको कुल क्षेत्रफल लगभग १० बिघा जमिनमा फैलिएको छ। यसमा कैदीहरूलाई राख्ने विभिन्न ब्लकहरू रहेका छन्। कैदीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि कडा सुरक्षात्मक प्रणाली लागू गरिएको छ।
पुरुष र महिलाका लागि अलग–अलग ब्लकहरू तयार गरिएका छन्। प्राथमिक उपचार केन्द्र र साधारण स्वास्थ्य जाँचको सुविधा समेत रहेको प्रशासन स्रोतले जनाएको छ।
यस्तै, कैदीहरूलाई मानसिक तनाव कम गर्नका लागि खेलकुद गतिविधि हुने गरेको छ भने विभिन्न प्रकारका सीपमूलक तालिम र शिक्षासम्बन्धी कार्यक्रम पनि चलाइने गरएको बताइन्छ।
२००० कैदीसम्म राख्न सक्ने क्षमता रहेको यहाँ खटिएका सुरक्षा अधिकारी बताउँछन्। हाल भने उक्त कारागारमा १८ सय जना कैदी राखिएको छ।
झुमका कारागारले थुप्रै चुनौतीहरू सामना गरिरहेको छ। तीमध्ये मुख्य समस्या भनेकै क्षमताभन्दा बढी भीडभाड हो। साथै, कैदीहरूलाई पुनःसुधारका कार्यक्रमहरूमा समावेश गराउने प्रक्रिया प्रभावकारी छैन। आधुनिक प्रविधि र व्यवस्थापन प्रणालीको अभावले गर्दा सुरक्षामा पनि कहिलेकाहीँ समस्या उत्पन्न हुने गरेको छ।
झुमका कारागार नेपालको कानूनी प्रणालीको एउटा महत्वपूर्ण हिस्सा हो। यसको भौगोलिक अवस्थिति र इतिहासले यसलाई विशिष्ट बनाएको छ। यद्यपि, यस कारागारलाई अझै प्रभावकारी र मानवीय बनाउन सुधारका प्रयास आवश्यक रहेको बताइन्छ।