एआईजी बज्राचार्य अनिवार्य अवकाशमा जाँदै
काठमाडौँ- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाश हुने भएकी छन् ।
प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज (सोमबार) रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन् ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत बज्रचार्य अवकाशमा जाने भएसँगै नेपाल प्रहरीमा रिक्त एआईजीको संख्या २ पुगेको छ ।
यसअघि ११ पुसमा अर्का एआईजी भरतबहादुर बोहरा अनिवार्य अवकाश भएका थिए ।
बोहरा ४ पुसमात्रै एआईजीमा बढुवा भएका थिए । बोहरा र बज्राचार्य अवकाशमा गएसँगै रिक्त दुई एआईजीको दरबन्दीका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा हुने भएको छ ।
प्रकाशित मिति: सोमबार, पुस १५, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्