Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्राणीशास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन सुरु

सोमबार, पुस १५, २०८१

काठमाडौँ- पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ता प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न हरेक जीवजन्तु, जैविक विविधता र पर्या पर्यटनको संरक्षण अपरिहार्य भएको बताए ।

मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।

उनले प्राणीशास्त्रका खोज अनुसन्धानकर्ताहरूको खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउने प्रतिबद्धता जनाए ।

लुम्बिनी प्रदेश जैविक विविधताले धनी रहेको उल्लेख गर्दै लोपोन्मुख जीवजन्तुलाई बचाइराख्न जरुरी रहेकोमा उनको जोड थियो । ‘मानव जीवनको अस्तित्व जोगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ, ‘मुख्यमन्त्री आचार्यले भने, ‘विकास र समृद्धिको आधारको रूपमा वातावरणीय क्षेत्र लाई स्वीकार गरी यसको संरक्षण र मितव्ययी सदुपयोगमा संवेदनशील हुनुपर्छ ।’

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्