Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ ४ का वडाअध्यक्ष महर्जन ‘स्थानीय सेवा गौरव पुरस्कार-२०८१’ बाट सम्मानित

सोमबार, पुस १५, २०८१

काठमाडौं-काठमाडौं महानगरपालिका वडा नं ४ का वडाअध्यक्ष दिनेश महर्जनलाई “स्थानीय सेवा गौरव पुरस्कार- २०८१” प्रदान गरिएको छ।

467466334_923866472787228_7222301403735557493_n-1735555701.jpg
 

 उनी काठमाडौं महानगरपालिकाको ३०औं महानगर दिवस र महानगर सभाको १६औं अधिवेशनको अवसरमा सर्वोत्कृष्ट वडाअध्यक्ष घोषित भएका हुन्।
  
उत्कृष्ट कार्य सम्पादन, विकास निर्माण र वडाको समग्र प्रगतिमा उनले पुर्‍याएको योगदानलाई कदर गर्दै काठमाडाैँ  महानगरपालिकाले स्थानीय सेवा गौरव पुरस्कार-२०८१ पदक सहित  नगद  १ लाख रुपैयाँले सम्मान गरिएको हो।

467458176_565273326298529_4362680765823763138_n-1735555701.jpg
 

पुरस्कार ग्रहण गरेपछि महर्जनले  खुशी व्यक्त गर्दै भनेका छन्, “यो सम्मान वडा नं ४ का स्थानीयवासीको सहयोगको परिणाम हो। सम्पूर्ण वडावासी, जनप्रतिनिधि, यस वडामा काम गर्ने कर्मचारीलाई हार्दिक नमन छ। यो सम्मानले कामप्रति थप ऊर्जा थपेको महसुस गरेको छु।”

महर्जन नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका रामप्रसाद न्यौपानेलाई २४०० मतको अन्तरले पराजित गर्दै वडाको नेतृत्व लिएका थिए। महर्जनले कुल ४६०४ मत प्राप्त गरेका थिए भने कांग्रेसका उम्मेदवार न्यौपानेले २२८९ मत पाएका थिए। अन्य पार्टीका  उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका न्हुच्छे महर्जनले ७८१, नेकपा माओवादी केन्द्रका रमेशकुमार राईले २०१, जनता समाजवादी पार्टीका लक्ष्मी थापाले २७ र नेपाल मजदुर किसान पार्टीका राजकुमार श्रेष्ठले सात मत पाएका थिए।

महर्जनको नेतृत्वमा वडा नं ४ मा विकास निर्माणका महत्वपूर्ण परियोजनाहरू सम्पन्न भएका छन्। उनको नेतृत्वमा पूर्वाधार सुधार, सामाजिक सेवामा पहुँच वृद्धि, र समग्र वडावासीको जीवनस्तर उकास्नका लागि विविध कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्