गैँडाको आक्रमणमा परी दुई घाइते
चितवन- पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् ।
खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६:२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ ११:५०
प्रतिक्रिया दिनुहोस्