भरुवा बन्दुकसहित दुई जना पक्राउ
सर्लाही- हरिवन नगरपालिका-६ चारली चोकबाट एकनाले भरुवा बन्दुक १ थान, बारुद ५० ग्राम र छर्रा बेरिङ ४७ पिससहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका-११ भेषराज टोल बस्ने ३४ वर्षीय जितेन्द्र कुमार घिसिङ र बागमती नगरपालिका-२ बस्ने ३५ वर्षीय रत्नलाल जिम्बा रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट घर्कौलीबाट खटिएको प्रहरीले घर्कौलीबाट ढुङग्रेखोलातर्फ जाँदै गरेको बा.२३ प ८८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त हातहतियारसहित सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई अहिले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्